सलिल सुन्दर तुलाधरको ‘यःमां’ बोलको म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । गायक सलिल सुन्दर तुलाधरको आमा स्व रुप शोभा तुलाधरमा समपर्ण गरी तयार पारिएको नेपाल भाषको यः मां बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आमा स्वर्गिय भएको ४५ औँ दिनमा गायक तुलाधरद्वारा लेखन, संगीत र रेकर्ड सम्पन्न भएको यस गीतको म्युजिक भिडियो प्रथम वार्षिक पूण्य तिथीका दिन पारेर सार्वजनिक गरिएको हो । यस गीतको संगीत संयोजन अन्जन श्रेष्ठको रहेको छ भने रण बहादुर ताम्राकारले शब्द लेखनमा सहयोग गर्नुभएको छ ।

मन्जु श्रेष्ठ, दिपक मगर र संर्निका राजोपाध्यायद्वारा अभिनित यस म्युजिक भिडियो मतिना प्रोडक्सनद्वारा तयार पारिएको हो । विजु कर्माचार्यद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन अमर चित्रकारले गर्नुभएको छ भने सह निर्देशन तथा भिएफएक्स महेश्वर श्रेष्ठले गर्नुभएको छ ।

आमाको गुण चित्रण गरी संसारमा जो कोहीलाई सबै भन्दा धेरै माया गर्ने देवी समानकी आमाको वियोग कस्तो दुखदायी हुन्छ भन्ने भावना यस गीतमा समेटिएको छ ।
यस गीतका गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधरले यस पूर्व पनि नेपाली संगीत क्षेत्रमा ड्याम ड्याम जस्ता लोकप्रिय गीत दिइसक्नुभएको छ । भने नेपाली चलचित्र निजर्लामा भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीतहरुमा स्वर दिइसक्नुभएको छ ।

Nabintech