वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित,आजै अपराह्न ४ बजे शपथग्रहण


काठमाडौं । सरकारले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेको छ ।
संसद् सचिवालयका अनुसार आज अपराह्न ४ बजे संसदको कृषि समितिको सिंहदरबारस्थित हलमा भद तथा गोपनीयताको शपथग्रहण बिहिबार अपराह्न ४ बजे राखिएको छ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो।
सिफारिस भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो ।
गौतमलाई नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा राष्ट्रपतिबाट मनोनीत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेकपाको फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। पार्टी निर्णयको ७ महिनापछि सो निर्णय कार्यान्वयन भएको छ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसका सासंसद सन्जयकुमार गौतमसंग फराकिलो मतले पराजित हुनुभएको थियो ।

Nabintech