निजि सचिवालयका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति देउवा होम आइसोलेसनमा

देउवा कोरोना कन्ट्याक्ट ट्रेसिङमा परेसंगै सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको बालुवाटार बैठकमा सहभागी नहुने



 

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बस्नुभएको देउवाका स्वकिय सचिव भानु देउवाले जनाकारी दिनुभयो ।

सचिवालयका  अनुसार अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ ।सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति बालुवाटार बैठकमा सहभागी नहुने निश्चित भएको जानकारी दिनुभयो ।

सभापति देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित हुने भएको छ।

बुधबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा बिहीबारका लागि प्रमुख प्रतिपक्षी विपक्षी दलका नेता देउवासँगको भेट तय गरेको थियो।

यस अघिका छलफलमा भागबण्डा नमिल्दा संवैधानिक परिषदको बैठक बस्न सकेको छैन्।

Nabintech