• ११ बैशाख २०८१, मंगलवार
अस्पतालको आइसोलेसनबाट महामन्त्री शशांकको सन्देश २/३ दिनपछि डिस्चार्ज हुन्छु !


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले तीन दिनपछि ‘डिस्चार्ज’ हुने बताउनुभएको छ ।

कोरोना संक्रमणबाट होम आइसोलेसनमा रहनुभएका कोइरालालाई ज्वरो देखिएपछि मंगलबार साँझ ओम अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको आइसोलेसनमा रहनुभएका कोइरालाले भिडिओ सन्देश सार्वजनिक गर्दै आफु चाडै निको हुने बताउनुभएको छ ।

भिडियोमा उहाँले भन्नुभयो,‘ओम नर्सिङ होममा आइसोलेसनमा छु। तपाईहरुले चिन्ता गर्नु पर्दैन।’ अस्पतालबाट २,३ भित्रै डिस्चार्ज हुने बताउनुभयो ।

आफ्ना शुभेच्छुकमा सन्देश प्रवाह गर्दै कोइरालाले चिन्ता नलिन आग्रहगर्नुभएको हो कोभिड १९ संक्रमणपछि होम आइसोलेसनमै उपचाररत कोइरालामा ज्वरो र निमोनिया देखिएपछि राति नै अस्पताल भर्ना गरीएको थियो ।

उहाँको स्वास्थ्यप्रति नेता कार्यकर्ताबाट चासो बढ्न थालेकाले सचिवालयमार्फत अस्पतालबाट उहाँको भिडियो सन्देश जारी गरीएको उहाँका स्वकिय सचिप भरत तिवारीले बताउनुभयो ।  महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोभिड संक्रमण पुष्टि भएको थियो।

 

Nabintech