• ७ बैशाख २०८१, शुक्रबार
पूर्वप्रधानन्यायाधीश सिंहको निधनमा बिहीबार देशभरका अदालत बिदा


 

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सप्तरी जिल्लामा १९७६ सालमा जन्मनुभएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गर्नुभएको थियो ।

वि.सं २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सिंहले सेवा प्रारम्भ गर्नुभएको थियो । आजै पूर्व प्रधानन्यायाधीश सिंहको पशुपती आर्यघाटमा अन्त्येष्टी गरीएको छ ।

Nabintech