• १६ चैत्र २०८०, शुक्रबार
दोस्रो टेष्टमा इंग्ल्याण्ड ११३ रनले विजयी, सिरिज १-१ को बराबरीमा


वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट घरेलु टोली इंग्ल्याण्डले जितेको हो । म्यानचेष्टरमा भएको दोस्रो टेक्ष्टमा ११३ रनको जित हात पारेको इंग्ल्याण्डले ३ खेलको सिरिज १-१ को बराबरी गरेको छ । पहिलो टेष्ट वेष्टइन्डिजले ४ विकेटले जितेको थियो ।

घरेलु टोली इंग्ल्याण्डले दिएको ३१२ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको वेष्ट इन्डिज १९८ रनमा अलआउट भएको थियो ।

दोस्रो इनिङ्समा वेष्ट इन्डिजका शाम्रह ब्रुक्सले सर्वाधिक ६२ रन बनाए भने जर्मेन ब्लाकवुडले ५५ रन जोडे । कप्तान जासन होल्डरले ३५ रन बनाए ।

वेष्ट इन्डिजलाई अलआउट गर्न इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ३ तथा डम बेस, क्रिस वोक्स र बेन स्टोक्सले २-२ विकेट लिए । त्यसअघि इंग्ल्यान्डले दोस्रो इनिङ्समा ३ विकेट गुमाएर १२९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि बेन स्टोक्सले ओपनिङ गर्दै अविजित ७८ रन बनाए । यस्तै कप्तान जो रुटले २२ रन जो८ भने ओल पोप १२ रनमा अविजित रहे । वेष्ट इन्डिजका केमार रोचले २ विकेट लिए ।

पहिलो इनिङ्समा इंग्ल्यान्डले ९ विकेट गुमाएर ४६९ रन बनाएको थियो । पहिलो इनिङ्समा इंग्ल्यान्डका लागि डम सिब्ले र बेन स्टोक्सले शतक बनाएका थिए । वेष्ट इन्डिजका रोस्टन चेसले ५ तथा केमार रोचले २ विकेट लिए । वेष्ट इन्डिज भने पहिलो इनिङ्समा २८७ रनमा अलआउट भएको थियो ।

अब दुई टोलीबीचको तेस्रो तथा निर्णायक टेष्ट शुक्रवारदेखि म्यानचेष्टरमै हुनेछ ।

Nabintech