• १४ बैशाख २०८१, शुक्रबार
‘विद्यार्थी नोवल पुरस्कार’ मा नेपालबाट आईओएम सहभागि हुदै,बिजेता टिमले १० लाख अमेरिकी डलर पाउने


काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) विश्व प्रख्यात ‘हल्ट प्राईज’ का लागी यसवर्ष पनि सहभागिता हुने भएको छ।

यसका लागि क्याम्पसकी निर्देशक विमा शर्माको नेत्तृत्वमा १८ सदस्यीय कमिटी गठन गरिएको छ ।विश्वविद्यालय जीवनमै विद्यार्थीले सामाजिक उधमशिलताको सोचको बिजारोपरण गर्नु पर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरिको हो ।

दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गराउन र युवा विद्यार्थीमा रहेको जोश जागर र सामर्थ्यलाई उचित तबरले आईओएम अगाडी बढ्ने क्याम्पसकी निर्देशक शर्माले बताउनुभएको छ ।

उहाँका अनुसार हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजसेन स्कुल र संयुक्त राष्ट सङ्घले संयुक्त रुपमा आयोजना गर्ने यो विश्वव्यापी प्रतिष्पर्धा हो ।

विश्वव्यापी महाअभियानको रुपमा सन् २००९ मा सुरु भै विश्वका करिब १२० भन्दा बढि देशका २ हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने छन् ।

उहाँका अनुसार विश्वकै अर्थतन्त्र बलियो बनाउन युवा विद्यार्थीको उल्लेखनीय सहभागिता गराउने लक्ष्य हल्ट प्राइजको रहेको छ।

साथै विश्वविद्यालयका विद्यार्थीमा नयाँ सोच र शेैलि निर्माण गर्न, सिर्जनशील बनाउन, सुन्दर भविष्य निर्माणको सपनाहरू बुन्न र आर्थिक रुपमा आत्मनिर्भर बनाउन यसको उदेश्य रहेको क्याम्पसकी निर्देशक विमा शर्माले बताउनुभयाे ।

विश्वविद्यालयका विद्यार्थी टिमहरुवीच प्रतिष्पर्धा गराई उत्कृष्ट बिजनेस आईडिया बिजेता टिमलाई पुरस्कारको रुपमा १० लाख अमेरिकी डलर दिईने उहाँले  जानकारी दिनुभयाे ।

उक्त प्रतिष्पर्धा यसवर्ष आईओएम पनि सहभागीता जनाउने भएका हुन् । यसका लागि विभिन्न नीति नियम निर्धारण गरिएको छ ।

On Campus बाट प्रतिष्पर्धामा सहभागिभई Regional, Accelerator हुँदै Global Finals का लागि UN Headquarters मा Business Idea प्रस्तुत गर्ने मौका पाउनेछन् ।

शर्माका अनुसार त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान र यसका अनुयायी क्याम्पसमा रहेका विद्यार्थीहरुको उधमशिलताको आइडियालाई मूल रूपमा प्रस्तूत गरिने छ ।

यसवर्ष २०२०/२१ का लागि “Food For Good”: Transforming food into a vehicle for change ( खानालाई बाच्नको लागि आवश्यकता मात्र नभई सामाजिक विकास र परिवर्तनको आधारको रुपमा रुपान्तरण ) नामक शिर्षक प्रतिष्पर्धाको मुलधारमा ल्याएको छ।

बिश्वब्यापी रुपमा बढ्दै गईरहेको खाद्य संकट र खाद्य बजारमा भित्रिएको विकृतिलाई औल्याउने र खानबाट बन्चितलाई खाना दिई भोकमरिको भुमरि हटाउन अहम भुमिका खेल्दै दिगो विकासको अवधारणा स्वरुप सन् २०३० सम्म करिब एक करोड व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुर्याउने उद्देश्य रहेको छ।

Hult Prize foundation द्वारा आयोजित आईडिया कम्पिटिसनको अमेरिकामा हुने उक्त फाइनलको लागि बिभिन्न राउन्डमा छनोट हुनुपर्ने नियम रहेको छ ।

प्रतिस्पर्धाका लागि विभिन्न Training, Workshop र Seminar संचालन गर्ने र अहिलेको विषम परिस्थितिमा कार्यक्रमलाई सफल बनाउन निरन्तरता दिईएको छ ।

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतका कलेज प्रतिनिधि (College Representative) लाई हल्ट प्राईज टिममा सहकार्यको लागि सम्पर्क गरिरहेको कार्यक्रम संयोजक Event Moderator राजु चन्द ठकुरीले जानकारी दिनुभयाे ।

Nabintech