• ७ बैशाख २०८१, शुक्रबार
सरकारले मन्त्रीसरह सुविधा दिएर फेरी किन गर्यो विशेष आर्थिक सल्लाहकारमा खतिवडालाई नियुक्त ?

(हेर्नुहोस यस्तो छ कारण )



काठमाडौं । निवर्तमान अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी खतिवडालाईप्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्य मनोनित हुनुभएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाउनुभएको थियो । राष्ट्रिय सभामा खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडा मन्त्री हुनबाट बञ्चित हुनुभयो ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि ०७६ फागुन २० गते राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री ‌ओलीले पुन: २१ गते सोही पदका लागि नियुक्त गर्नुभएको थियो तर संवैधानिक व्यवस्था अनुसार सांसद नभएका व्यक्ति ६ महिनाभन्दा मन्त्री हुन नपाउने भएकोले उहाँले ६ महिना पुग्न एक दिनअघि यही भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

गत फागुनमा २ वर्षे कार्यकाल पुरा गरेपछि प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यमा पुनः खतिवडालाई मनोनित सदस्यका रुपमा ल्याउन चाहनुभएको थियो । तर, बामदेव गौतम आकांक्षीका रुपमा उभिएपछि संविधानतः ६ महिना राष्ट्रियसभा सदस्य नरहेपनि खतिवडाले अर्थमन्त्रीका रुपमा दोस्रो कार्यकाल पुरा गर्नुभयो ।

बामदेव गौतमकै सहायतामा सरकार ढाल्नबाट जोगाउनुभएका ओलीले राष्ट्रियसभा सदस्यमा पुनः गौतमले आकांक्षा देखाएपछि खतिवडालाई निरन्तरता दिन नक्ने अवस्थामा पुग्नुभयो ।

तर प्रधानमन्त्रीसँगको घनिष्ठ सम्बन्धकै कारण अर्थमन्त्रीबाट राजीनामा दिएको १० औं दिनमा नै खतिवडाले पुनः सिंहदरबार प्रवेशको अवसर पाउनुभएको छ ।

प्रधानमन्त्रीको आर्थीक सल्लाहाकार नियुक्त भएपछि अब उहाँको  भूमिका प्रधामन्त्रीलाई सल्लाह दिने मात्रै नहुने आकलन अर्थविदहरुको छ । उहाँले नै पृष्ठभूमिमा बसेर अर्थ मन्त्रालय सञ्चालन गर्ने अनुमान गरिएका छन् ।

Nabintech