असोज मसान्तसम्म भारतिय सिमानाका बन्द गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले आगामी असोज ३० गतेसम्म भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको अवस्थामा भारतसँगको नाकाबाट प्रवेशमा कडाई गर्ने तर अत्यावश्यक अवस्थामा १० वटा प्रमुख नाकाबाट प्रवेश दिने निर्णय भएको छ ।

यस्तै भारतबाट थप २ नाका इलामको पशुपतिनगर र दार्चुलाको खलंगाबाट प्रवेश दिने निर्णय भएको हो । यस्तै चीनको रसुवागढीबाट नाकाबाट प्रवेश खुला गर्ने निर्णय भएको छ ।

Nabintech