• १५ चैत्र २०८०, बिहीबार
वीपी प्रतिष्ठानका पूर्वउपकुलपति डा.बलभद्र प्रसाद दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर


वीपी प्रतिष्ठानका पूर्वउपकुलपति डा.बलभद्र प्रसाद दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा.बलभद्रप्रसाद दासविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ । दासले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले उहाँमाथि अनुसन्धान गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीको भनाइ छ ।

२०५० सालमा सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ सालसम्मको २६ बषे सेवाअवधिमा सो रकम भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

सार्वजिनक पदमा रहँदा दासको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसा रहेकोमा उनले सोही अवधिमा १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको देखिन आएको आरोप पत्रमा उल्लेख छ ।

 

 

Nabintech