• १४ बैशाख २०८१, शुक्रबार
नेकपा प्रवक्ता श्रेष्ठलाई पदीय हैसियत सिकाउदै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार

कुलमान घिसिङको पुनर्नियुक्तिको दवाव र लबिङ्गमा श्रेष्ठ लागेको थापाको आरोप



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठमाथि प्रचार विभाग उप-प्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा खनिनुभएको हो ।

गत २९ भदौमा सकिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्ति र स्वयंमसेवक परिचालनका सम्बन्धमा थापा आफ्नै विभाग प्रमुखमाथि खनिनुभएको हो ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उठाएका ती दुई विषयको सन्दर्भमा आफ्नो पदीय हैसियतको ख्याल नै नगरेको बताउँदै थापा उहाँमाथि खनिनुभएको हो । । प्रवक्ता श्रेष्ठले आइतबार कुलमान घिसिङको पुनः नियुक्ति हुनेमा आफू विश्वस्त रहेको उल्लेख गनुर्भएकाे थियाे ।

प्रवक्ता श्रेष्ठले उठाएका दुई विषयको एक जवाफ दिँदै थापाले ‘काम कुरो अर्कोतिर कुम्लो बोकी ठिमीतिर भन्ने’ उखान हालेर उडाउनुभएकाे थियाे । यस्तै थापाले श्रेष्ठ कुलमानको लबिङ्गमा लागेको आरोपसमेत लगाउनुभएकाे छ ।

‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ्ग ?’ थापाले प्रश्नका रुपमा भनुभएकाे छ, ‘पार्टीको हाल जिम्मेवारी यही हो र ?

सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ?’

 

Nabintech