• १३ बैशाख २०८१, बिहीबार
विद्युत प्राधिकरणमा पुनर्नियुक्ति नभएपछि कर्मचारीले गरे कुलमान घिसिङको बिदाइ


काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कर्मचारीहरूले औपचारिक बिदाइ गरेका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा घिसिङको चारवर्षे कार्यकाल आइतवार सकिएपछि मंगलवार प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा उहाँको बिदाइ गरिएको हो ।

मन्त्रिपरिषद्ले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने सम्भावनाबीच बिदाइ कार्यक्रमलाई २ दिनसम्म रोकिएको थियो । सोमवारको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्तिको निर्णय नगरेपछि मंगलवार कर्मचारीहरूले उहाँको बिदाइ गरेका हुन् ।

बिदाइका क्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा राख्नुभयो । पौडेलले घिसिङलाई पुन स्वागत गर्न पाइने आशा पनि व्यक्त गर्नुभएको छ ।

कार्यकाल सम्हाल्दै गर्दा दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका उपभोक्तालाई घिसिङले लोडसेडिङ अन्त्य गरेर राहत दिनुभएको थियो । निरन्तर घाटामा रहने प्राधिकरण उनको कार्यकालमा नाफामा समेत गएको छ ।

प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन सरकारमाथि चौतर्फी दबाब छ । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठेपनि सरकारले निर्णय लिइसकेको छैन ।

हेर्नुहोस विदाइ कार्यक्रमका झलकहरु :

Nabintech