• ७ बैशाख २०८१, शुक्रबार
भारतले नेपालमा प्याज निर्यातमा लगायो प्रतिबन्ध, प्याजको मूल्य फेरी बढ्ने


काठमाडौं । भारतले नेपाल लगायत अन्य मुलुकमा प्याज निकासीमा प्रतिबन्ध लगाएको छ । यससँगै नेपालमा भारतीय प्याज नआउने भएको छ ।

प्याज निर्यातसम्बन्धी आफ्नो नीतिमा परिमार्जन गर्दै भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएको हो । भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयको वैदेशिक व्यापार विभागका महानिर्देशक अमित यादवले गरेको हस्ताक्षर गरेको सूचनामा सबै किसिमका प्याजको निकासीमा प्रतिबन्ध लगाएको उल्लेख छ ।
भारत सरकारले हार्मोनाइज्ड सिस्टम कोड ७०३११०१० र ०७१२२००० मा पर्ने सबै किसिमका प्याजको निकासीमा रोक लगाउने निर्णय गरेको हो।

नेपालमा गत आर्थिक वर्षमा भारतबाट मात्रै २ करोड ५८ लाख किलोग्राम सुख्खा प्याज आयात भएको थियो ।

यसैगरी ७ करोड ४८ लाख किलोग्राम ताजा प्याज पनि भारतबाट गत वर्ष आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

Nabintech