• १६ चैत्र २०८०, शुक्रबार
पाइलट विजय लामालाई कोरोना संक्रमण


काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। क्याप्टेन लामाले आफू कोरोना भाइरसबाट संक्रमित भएको सार्वजनिक रुपमै बताउनुभएको छ ।

उहाँसँगै शान्ति सैनिकको टोलीलाई सुडान पु‍र्याएर संगै फर्किएका अर्को एक क्याप्टेनलाई पनि कोरोना पुष्टि भएको छ। उहाँहरुले आइतबार स्वाब दिनुभएको थियो । अहिले उहाँ सोल्टी होटलमा आइसोलेसनमा बस्नुभएको छ ।

उद्धार उडान सुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ।

Nabintech