• ७ बैशाख २०८१, शुक्रबार
कोरोना संक्रमितको दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गरिने


काठमाडौं । सरकारले कोरोना संक्रमणका लागि अब दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ ।
सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो ।

यसअघि पीसीआर परीक्षण शुल्क पाँच हजार ५०० तोकिएको थियो । पछि सरकारले ४ हजार ४०० तोकेको थियो ।

Nabintech