सत्ताको छायाँमा अख्तियार प्रमुख, समाचारमा पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारले भने ठिक कुरा हो !


काठमाडों । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पाँच वर्षसम्म काम गर्नुभएका प्रमुख आयुक्त नवीनकुमार घिमिरे भदौं २८ गते अनिवार्य अवकास पाउदै विदा हुनुभएको छ ।
यसैक्रममा प्रमुख आयुक्त घिमिरेले कति काम गर्न सके वा सकेन्न्, साना माछा जालमा, ठूला माछा उम्किए जस्ता समाचार आइरहेका छन् ।

प्रमुख आयुक्त नविन् कुमार घिमिरे प्रमुख आयुक्त भइसकेपछी पुलको ठेक्का देशभर अलपत्र पार्दै आएका सांसद हरिनारायण रौनियारको पप्पु कन्ट्रक्सनमाथि कारबाही गर्नुभएको थियो । हाल उक्त कन्ट्रक्सन कालोसूचिमा रहेको छ । भने सांसद रौनियार पनि निलम्वनमा परेका छन् ।
तर रोचक कुरा के भने आइतबार एक अनलाइनले प्रमुख आयुक्त नवीनकुमार घिमिरेको बारेमा समाचार सत्ताको छायाँमा अख्तियार प्रमुख नामको एक समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारमा प्रतिक्रिया दिदै निलम्वनमा परेका सासंद रौनियारले ठिक कुरा हो भन्ने प्रतिक्रिया दिएका छन् । अख्तियारको प्रमुखमा नियुक्ति भएपछि रौनियारलाई कारबाही गरेका घिमिरेको उक्त, समाचारमा ललिता निवास प्रकरण, वाइडबडी प्रकरण,ओम्नी प्रकरण, आयाल निगम जग्गा खरिद प्रकरण, सत्तानिकट जोगाएको, रेलमार्ग निमार्णका ठूला भ्रष्टाचार र राजनीतिक कनेक्सन भएका मुद्दाहरुलाई तामेलीमा राख्दै आएको कुरा लेखिएको थियो ।

Nabintech