• १५ चैत्र २०८०, बिहीबार
नेकपा स्थायी कमिटी बैठक:प्रधानमन्त्री ओलीले सरकार र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी चलाउने

आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढेने छ भने सरकार पार्टीको मागर्दशनमा चल्नेछ ।

सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइने प्रस्ताव पास भएको छ । ‘दैनिक काममा पार्टीले सरकारलाई हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीको मार्ग निर्देशनलाई सरकारले ध्यान दिएर निर्णय गर्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरीएको छ ।

बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

Nabintech