शुक्रबार हालसम्मकै धेरै १४ सय ५४ जना नयाँ कोरोना संक्रमित पुष्टि


काठमाडौँ । शुक्रबार हालसम्मकै धेरै १ हजार ४ सय ५४ जना नयाँ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ। क्वारेन्टिनमा ६ हजार ७८ जना छन्।

Nabintech