• १३ बैशाख २०८१, बिहीबार
असोज १ देखि कक्षाकोठाको विकल्पमा पठनपाठनलाई अघि बढाउने शिक्षा मन्त्रालयको तयारी

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ मा यस्तो छ व्यवस्था (हेर्नुहोस्)



काठमाडौं । कोरोना संक्रमणको संटकमा विद्यार्थीहरुको पठन पाठनलाई सुचारु राख्न सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ ।
निर्देशिका अनुसार असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधन प्रयोग गरेर पठन पाठनलाई अघि बढाउने तयारी गरिएको छ ।
गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको सो निर्देशिकामा प्रविधिको आधारमा विद्यार्थीलाई ५ समूहमा वर्गिकरण गरिएको छ ।

विद्युतीय सञ्चार प्रविधि माध्यमको पहुँचबाट बाहिर रहेका विद्यार्थीहरुका लागि केन्द्रबाट स्वअध्ययनका सामग्रीको बिद्युतीय प्रति तयार पारी वेससाइटमा राख्ने र त्यसलाई प्रदेश, स्थानीय तहले छपाई गरी विद्यार्थीहरुलाई वितरण गर्ने, विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रविधिको पहुच नभएका कारण विद्यालय वा समुदायमा भौतिक दुरी कायम गरी बसाइ शिक्षक वा स्वयम्सेवक मार्फत सिक्ने सिकाउने व्यवस्था गर्ने भनिएको छ ।

 

 

 

 

Nabintech