त्रिविको एफ.फिल. द्वितीय सेमेस्टरको ग्राजुयट कन्फरेन्स सुरु


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत अंग्रेजी केन्द्रीय विभागको एफ.फिल. द्वितीय सेमेस्टरको तीन दिने ग्राजुयट कन्फरेन्स बिहिबारबाट सुरु  भएको छ ।

गत बैसाख २१ गतेदेखि जुममार्फत संचालन गरीएको भर्चुअल कक्षा एमफिल तहका विद्यार्थीहरूका लागि अंग्रेजी विषयको सेसन आयोजना गरीएको थियो ।

जुमको भर्चुअल स्पेसमा भैरहेको सो सम्मेलनमा बिहिवार १३ वटा कार्यपत्र प्रस्तुत भएका छन् । भने बाँकी २१ वटा कार्यपत्र शुक्रवार र शनिवार भइरहेका छन् ।

उक्त कार्यक्रममको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै सम्मेलन आयोजक डा. कोमल फुयालले मानव केन्द्रीत विधाको अध्ययन अध्यायपनमा आएको ऱ्हासलाई पश्चिमी जगतको १९७० को दशकको प्रभावको रूपमा रहेको प्रष्ट्रयाउँनुभयो । फुयालले आजको युगमा मानवको हस्तक्षेपकारी भूमिका कसरी प्रभावकारी हुन्छ भन्ने कुरा यस सम्मेलनको मुख्य ध्येय भएको बताउनुभयो ।

उक्त भर्चुअल कार्यक्रक्रममा प्रा.डा.भूप प्रसाद धमलाले विश्वविद्यालयको इतिहासमा पहिलोपल्ट गरिएको यस्तो सम्मेलनको गहन अर्थ हुने र यसलाई भविष्यमा निरन्तरता दिनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रम सत्रलाई समापन गर्दैविभागका प्रमुख प्रा.डा. जीवलाल सापकोटाले अंग्रेजी विभागले सिर्जनशील र बौद्धिक कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।

उक्त जुम भर्चुअल कार्यक्रम शनिबार सम्म जारी रहने कार्यक्रममा मिडिया संयोजक केशव लम्सालले जानकारी दिनुभयो ।

Nabintech