• १४ बैशाख २०८१, शुक्रबार
एसिड आक्रमणकारीप्रति कठोर बन्दै ओली सरकार, अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौ । तेजाव (एसिड)आक्रमण गर्नेलाई कडा कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।
अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाउनप्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको हो ।

यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेर सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानूनमा व्यवस्था गर्न लागिएको हो।एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रवन्ध मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ ।

एसिड पीडितलाई निस्शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्री ओलीले बताउनुभएको छ । बिहीबार १२ जना एसिड पीडितहरूसँग प्रधानमन्त्रीले संवाद गर्नुभएको थियो ।
नेपालमा एसिड आक्रमणका १७ घटनामा १९ जना पीडित रहेका छन् ।

Nabintech