नेपाली क्रिकेट खेलाडीले कति तलव पाउँछन् ? (हेर्नुहोस खेलाडीको ग्रेडिङ अनुसारको तलव)


काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ ।

आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो । २२ जना खेलाडी र एक टेक्निकल एनालिस्टसहित २३ जनाको तलब क्यानले पठाइसकेको जनाएको छ । तर क्यानले भने अहिलेसम्म २०१९ को ग्रेडिङ लिस्ट र तलब पठाएकोबारे केही सार्वजनिक गरेको छैन ।

विगतको भन्दा मासिक भत्ता जनही १० हजार रुपैयाँ बढाइको छ। ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले मासिक ३५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले मासिक २५ हजार रुपैयाँ भत्ता पाएका छन्। पछिल्लो पटक नेपाली खेलाडीले २०१७ र २०१८ को तलब २०१९ को फेब्रुअरीमा एकुमष्ट प्राप्त गरेका थिए ।

हरेक ग्रेडका खेलाडीले पाउने तलबमा १० हजार वृद्धि भएपछि अब ‘ए’ ग्रेडमा रहेका खेलाडीले मासिक ४५ हजार रुपैयाँको दरले प्राप्त गरेका छन् । यस्तै ‘बी’ ग्रेडमा रहेकाले ३५ र ‘सी’ ग्रेडमा रहेकाले २५ हजार पाउनेछन् । यसअघि ‘ए’ मा हुनेले ३५ हजार ‘बी’मा हुनेले २५ हजार र ‘सी’ मा हुनेले १५ हजार पाएका थिए ।

अब ‘ए’ ग्रेडका खेलाडीले एक वर्षको एकमुष्ट ५ लाख ४० हजार पाएका छन् । यस्तै ‘बी’ ग्रेडका खेलाडीले ४ लाख २० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३ लाख पाएका छन् । यस्तै टेक्निकल एनालिष्ट रमन शिवाकोटीले ‘सी’ ग्रेडका खेलाडीको बराबर तलब पाउनेछन् ।

Nabintech