• १४ बैशाख २०८१, शुक्रबार
नेपाली क्रिकेट खेलाडी को कुन ग्रेडमा ?


काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालका क्रिकेट खेलाडीहरुको तह (ग्रेड) छुट्याएको छ ।

पछिल्लो पटक २०१७ र २०१८ मा ‘ए’, ‘बी’ र ‘सी’ तीन ग्रेडमा २१ जना खेलाडी पर्न सफल भएका थिए । २०१९ को लागि अपडेट भएको ग्रेडिङ लिस्टमा २२ जना छन् । जसमा ‘ए’ र ‘बी’ ग्रेडमा समान ८ जना छन् भने ‘सी’ ग्रेडमा ६ जना छन् ।

२०१९ मा नखेलेका खेलाडीहरु ग्रेडिङबाट बाहिरिएका छन् भने २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरुले इन्ट्री पाएका छन् ।
कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ८ जना ‘ए’ ग्रेडमा छन् ।

‘ए’ ग्रेडमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र विनोद भण्डारी रहेका छन् ।
‘बी’ ग्रेडमा अभिनाश बोहोरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजवंशी, रोहित पौडेल, पवन सराफ, सन्दिप जोरा र सुशन भारी रहेका छन् ।
‘सी’ ग्रेडमा राजु रिजाल, प्रदीप ऐरी, रसिद खान, इशान पाण्डे, कुशल मल्ल र कुशल भुर्तेल रहेका छन् ।

Nabintech