• १३ बैशाख २०८१, बिहीबार
प्रधानमन्त्रीज्यू !’प्रहरीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोलीमात्र जनतालाई नबर्साउनुहोस्’: गगन थापा

सिडियोहरुले के को आधारमा दशैंसम्म निषेधाज्ञा गर्ने सुझाव दिँदै हुनुहुन्छ ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले निषेधाज्ञा थप गर्ने कि नगर्ने भन्ने विषयमा जनतासँग संवाद गर्नुपर्ने बताउनुभभएको छ ।

कोरोना भाइरसका संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा लगाउने र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोरोना संक्रमितको अद्यावधिक गणना बाचन गर्ने मात्रै भइरहेकोले जनतासँग संवाद गर्न थापाले आग्रह गर्नुभएको हो ।

थापाले नागरिको चाहना विनै निषेधाज्ञा थप गरेको गर्यै गर्दा जनताको धैर्यताको जाँच नगर्न चेतावनी समेत दिनुभएको छ ।

नेता थापाले केही हप्ता अगाडि आफूहरुले प्रधामन्त्री केपी शर्मा ओलीलाई  दुई हप्ता लकडाउन घोषणा गर्न सुझाब दिएको उल्लेख गर्दै दुई हप्तामा गर्नुपर्ने विभिन्न कामका विषयमा अवगत गराएको तर तीन हप्ता बितिसक्दा पनि सरकारका तर्फबाट कुनै काम नभएको आरोप लगाउनुभएको छ ।

उहाँले कोरोनाको महामारीका बेला सरकार निषेधाज्ञा गर्न सीडीओका रुपमा र कोरोनाको आँकडा घोषणा गर्न स्वास्थ्य मन्त्रालयको प्रवक्ताका रुपमा मात्रै उपस्थित भएको समेत आरोप लगाउनुभयो ।

उहाँले तीन हप्तासम्म जनता सरकारको आदेश मानेर बसे पनि सरकारसँग कुनै योजना नभएका कारण अवस्था थप संकटपूर्ण बन्दै गएको बताउनुभएको छ ।

उहाँले सरकारले भोका जनताको जिम्मा सीडीओ र प्रवक्तालाई लगाएर आफू दुलोमा लुकेर बसेको भन्दै यसलाई रोक्न र सरकारले के के गरिरहेको छ भन्नेबारे जनतालाई जानकारी दिन समेत आग्रह गर्नुभयो ।उहाँले संसद बन्द गरेर राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको आरोप समेत लगाउनुभएको छ ।

‘हुँदा–हुँदा सरकारले रोग र भोकबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छोड्दिन थालेको छ, यो रोकियोस्। सीडीओ र प्रवक्ताको पछाडि लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसँग संवाद गर्ने हिम्मत गरोस्’, बुधबार सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेख्नुभएको छ , ‘अनेकन समस्याका बावजुद सीडीओको आदेश मानेर आमनागरिक घरभित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस्।

स्वास्थ्यको क्षेत्रमा के केतयारी भयो ? संक्रमितको संख्या थपिंदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो ? काम नै नगरिरहेको रेस्पोन्स सिस्टमलाई कहाँ–कहाँ बदलियो ? के–के गर्दै जाने योजना छ ?  लकडाउन–निषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको, वा लकडाउन गरिरहने सोच हो ?

Nabintech