• १५ चैत्र २०८०, बिहीबार
कोरोनाबाट कर्मचारीको मृत्यु भएपछि नेपालगञ्ज उपमहानगरपालिका सिल


नेपालगञ्ज । कोरोना संक्रमणका कारण कर्मचारीको मृत्यु भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।

जिन्सी सहायक पदमा कार्यरत युवराज विक्रम घलेका.कोरोना संक्रमणबाट मृत्यु भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दुःख ब्यक्त गर्दै सोमबार एक दिन शोक मनाउन कार्यालय बन्द गरेको छ । यस्तै

नेपालगञ्जका उपमेयर उमा थापा मगरले मंगलबारदेखि तीन दिनसम्म कार्यालय सिल गर्ने निर्णय गरिएको बताउनुभएको छ । मधुमेह र मुटसम्बन्धी समस्या समेत रहेका घलेको आइतबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा १३ गते स्वाव संकलन गरिएको थियो । १५ गते स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।

न्यु होटेल इन्द्रेणीको आइसोलेसनमा बसिरहनुभएको घलेको स्वास्थ्य अवस्था विग्रँदै गएपछि भदौ १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

 

 

 

 

 

Nabintech