• १४ बैशाख २०८१, शुक्रबार
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका युवा रिहा गर्न विश्व हिन्दू युवा संघको माग


काठमाडौं । गत विहिबार रातो मच्छिन्द्र नाथको रथ तान्ने क्रममा पुल्चोकमा प्रहरी र स्थानिय विच भएको झडपमा प्रकाउ परेका युवालाई रिहाइ गर्न विश्व हिन्दू युवा संघले माग गरेको छ ।

संघका अध्यक्ष ऋषिकेश जंग शाहले सोमबार विज्ञप्ति जारी गर्दै गिरफ्तारीमा परेका युवालाई बिना सर्त तत्काल रिहा गर्न माग गर्नुभएको हो । प्रहरीले गरेको गिरफ्तारीको निन्दागर्नुभएको छ । विज्ञप्तिमार्फत् अध्यक्ष शाहले, सांस्कृतिक नेपालको सभ्यता र खजाना भएको भन्दै यसको रक्षाका लागि जागरुक बन्न सबै सनातन धर्मावलम्विहरुलाई अपिल समेत गर्नुभएको छ ।

अध्यक्ष शाहले आफ्नो धर्म, संस्कति तथा कला जोगाउन लागि परेका युवाहरुलाई प्रकाउ गरेको प्रति पनि आपत्ति जनाउनुभएको छ । प्रकाउ परेका मध्ये करिव १५ जनाको नाम पनि सार्वजनिक गरीएको छ ।

Nabintech