कोरोनाबाट मृत्यु भएकाको मिर्गौला लगायतका अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ


काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् ।

आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा सोमबार पक्राउ परेको हो । ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी दीपककुमार थापाले बताउनुभयो ।

पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारीगरीरहेको एसएसपी थापाले बताउनुभयो ।

पछिल्लो समय विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए । तर, उनको दाबी पुष्टि हुने कुनै प्रमाण नभएकोले उनलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
लिब्बुको उक्त अभिव्यक्तिले कोरोना महामारीबाट मृत्यु भएका आफन्तलाई शंशकित पार्ने काम गरेको भन्दै प्रहरीले उनिविरुद्ध एक्सन लिएको हो ।

Nabintech