• १३ बैशाख २०८१, बिहीबार
नयाँ नेपाल जडिबुटी सहकारीले ऋणिलाई दियो ३ महिनाको ब्याज मिनाहा


काठमाडौं । कोरोना भाइरस (कोभिड १९)नियन्त्रण गर्न सरकारले आह्वान गरेको बन्दाबन्दीको समयमा सहकारीबाट ऋण लिएका सदस्यहररुलाई ऋण तिर्न समस्या भएपछि बाँकेको एक सहकारीले व्याज मिनाहा गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको नयाँ नेपाल जडिबुटीले सहकारीले कोभिडका कारण सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय ठप्प भएका सदस्यहरुलाई ३ महिनाको ब्याज मिनाहा गरिदिएको सहकारीका अध्यक्ष विजय काफ्लेले बताउनुभयो ।

सहकारीका अध्यक्ष काफ्लेले भन्नुभयो,सहरकारीले कृषक,साना तथा मझौला व्यायारी तथा श्रमजिवि वर्गलाई लक्षित गर्दै सहकारी सञ्चालन गरेको भएकाले यस परिस्थितीमा उहाँँहरुको समस्यालाई मध्यनजर गरी सहकारीले यस्तो निर्णय गरेको हो । ऋण लिइ १ बर्ष भन्दा बढी भाका नाघेका सदस्यहरुलाई तिन महिनाको ब्याज मिानाहा गरीदिएका छौ, यसले पनि उहाँहरुलाई केही राहत मिल्ले भएकोले सहकारीको वोर्डले यस्तो निर्णय गरेका हौ ।

कोरोना भाइरस स्रकमण र जोखिम अहिले पनि उत्तिकै रहेको भन्दै सरकारले देशभरी कहि लकडाउन त कहि निषेधाज्ञा जारी गरेको छ । बाँके जिल्लामा भने शुक्रबार र शनिबार लकडाउन गरीएको जिल्ला प्रशासन कार्यल बाँकेले जनाएको छ ।

Nabintech