१ सय ७ औं विपी जन्मजयन्तीको अवसरमा नेविसंघले के कार्यक्रम गर्दै छ ? (हेर्नुहोस )


काठमाडौं । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको १०७ औं जन्म जयन्ती देशभर विभिन्न कार्यक्र गरी मनाइने भएको छ ।

नेपाली राजनीतिका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको भदौ २४ गते १ सय ७ औं जन्मजयन्ती रहेको छ । कोइलालाको योगदान कांग्रेसमा मात्र नभई नेपालमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेल्नुका साथै ‘मेलमिलापको नीति’ लिएर भारतबाट  नेपाल आउनुभएका तत्कालीन निर्वासित नेता वीपीको भूमिका अतुलनिय छ ।

उहीँ महामानवको जन्मजयन्ती नेपाली कांग्रेसले विभिन्न कार्यगरी मनाउँदै आएको छ ।त्यस्तै कांग्रेसका भ्रातृ संगठनहरुले समेत पनि विभिन्न कार्यक्रम गरी वीपीका विचारलाई आत्मसात गर्दै आएका छन् ।

के गर्दैछ नेविसंघ:
नेविसंघले सुरक्षित दूरी कायम गरी, स्वास्थ्य सावधानी र सुरक्षा सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम र गतिविधि गर्न सबै जिल्ला, प्रदेश, क्याम्पस, क्षेत्र, विदेशस्थित मातहतका समिति र निकायहरुमा परिपत्र नै जारी गरेको छ ।

१. विभिन्न प्रबिधिका माध्यमबाट जननेता वीपी कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल तथा वेबिनार गर्ने ।
२.रक्तदान, बृक्षारोपण, बृद्ध र बिरामीहरुलाई फलफूल बितरण जस्ता रचानात्मक कार्यक्रम गर्ने ।

३. बाढी पहिरोबाट बिस्थापित तथा कोभिड–१९ को महामारीका कारण दैनिक जीबनयापन कष्टकर भएकाहरुलाई राहत तथा बिभिन्न सहयोग पुर्याउने ।

Nabintech