• १५ चैत्र २०८०, बिहीबार
घरबेटीको ठेक्कापट्टासँग आफ्नो गोरु बेचेको साइनो छैन्:‘प्रचण्ड’


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु बस्दै आएको घरका घरबेटीसंग जोडेर आफ्नो आलोचना गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

पछिल्लो समय किसानलाई मल अभाव हुनुको मुख्य कारण प्रचण्डका घरभेटी शारदा प्रसाद अधिकारीसंग सरकारले गरेकाे  सम्झौताअनुसार मल  निदएकाे भन्दै आलोचना भइरहेका बेला उहाँले आफना घरभेटीका कारणा आफू पुन: डेरा सर्न लागेको बताउनुभएको छ ।

एक टेलिभजन कार्यक्रममा अन्तवार्ता दिदै प्रचण्डले घरभेटीको ठेक्कापट्टासँग आफ्नो गोरु बेचेको साइनो पनि नभएको बताउनुभयो । अध्यक्ष प्रचन्डले भन्नुभयो, ‘ठेक्कापट्टासँग जोडेर पटकपटक मेरो घरभेटी भन्ने आइरहेको छ ‘कता ठेक्का लिन्छन, के गर्छन ? मलाई केही थाह पनि छैन, बाटाहरुका ठेक्का त म यो घरमा आउनुभन्दा धेरै पहिलेका ठेक्का हुन ।’

यस्तै मलको ठेक्का प्रकरणबारे पनि अध्यक्ष प्रचण्डले बोल्नुभएको छ, कृषि मन्त्रीसँग बुझ्ने क्रममा किसानलाई समयमा मल नदिने बदमासी गरेको भए कारबाही गर्दा हुन्छ,त्यसमा आफ्नो कुनै आपत्ती नहुने प्रष्ट पार्नुभयो । आफू जहाँ बस्यो यसरी नै विभिन्न विषय जोडेर कुरा गर्ने गरिएको भन्दै प्रचण्डले गुनासो पनि गर्नुभएको छ ।

Nabintech