• १४ बैशाख २०८१, शुक्रबार
‘वामदेवभन्दा आफु योग्य’ भएको भन्दै राष्ट्रिय सभामा मनोनित गर्न युवतीको निवेदन


काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमभन्दा आफू योग्य भएको भन्दै चितवन स्गायी ठेगाना भएकी एक युवतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिनुभएको छ ।
तर गौतमको सट्टा आफूलाई राष्ट्रिय सभामा लैजान आग्रह गर्दै चितवनकी तारा बरालले आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दिनुभएको हो ।

बरालले पटकपटक चुनाव हारेका वामदेव गौतमभन्दा कोही योग्य व्यक्ति नभेटेको भए उहाँभन्दा आफु बढी योग्य भएकाले राष्ट्रिय सभामा नियुक्त गरिपाऊँ भनेर निवेदन दिएको बताउनुभयो ।

उहाँले मुलुकको प्रतिष्ठित संसदको रूपमा रहेको राष्ट्रिय सभा हार्नेहरूको आश्रयस्थल बन्न लागेकोले संसदको गरिमा जोगाउनको लागि आफूलाई सांसदको रूपमा मनोनयन गर्न माग गर्नुपरेको बताउनुभयो ।

नेपालको संविधानको धारा ८७ ले राष्ट्रिय सभाको सदस्यको योग्यताको बारेमा उल्लेख गरेको छ ।सो धाराले राषट्रिय सभाको सदस्य बन्नको लागि नेपालको नागरिक भएको हुनुपर्ने, पैंतीस वर्ष उमेर पूरा, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने उल्लेख छ । बरालले आफूसँग यो पाँचैवटा योग्यता पूरा भएको बताउनुभएको छ ।

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्ने सिटमध्ये निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको समय सकिएपछि बामदेव गौतमलाई सो ठाउँमा लैजाने निर्णय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको थियो । रमन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको बताउनुभएको थियो ।

वामदेव गौतम संघीय सांसदका लागि २०७२ मा भएको चुनावमा बर्दिया क्षेत्र नं १ बाट काँग्रेस सांसद सञ्जयकुमार गौतमसँग पराजित हुनुभएको थियो ।

Nabintech