जनताले बहिस्कार गरेकालाई सांसद बनाउने राष्ट्रियसभालाई हरूवा राहत सभा राख्न संग्रौलाको सुझाव


काठमाडौं । लेखक तथा खरो आलोचक खगेन्द्र संग्रौलाले राष्ट्रियसभाको नाम हरूवा राहत सभा राख्न सुझाव दिनुभएको छ । सामाजिक सञ्जाल ट्विटरम संग्रौलाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरु नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई काँधमा बोकेर राष्ट्रिय सभामा उकालिएको टिप्पणी गगर्नुभएको हो । उहाँले श्रेष्ठ र गौतमलाई प्रतिनिधिसभाको चुनाव हार्नमात्र जानेको भनेर संज्ञा दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ,”प्रतिनिधिसभाको चुनाव हार्नमात्र जानेका ना।काजी(वामदेवलाई काँधमा बोकेर राष्ट्रिय सभामा उकालियो। नेकपाका बाँकी हरूवाहरूलाई पनि यसैगरी उकालौं र राष्ट्रिय सभाको नाम हरूवा राहत सभा राखौं।लोकतान्त्रिक जनमतको सम्मानमा यो नेकपाको अविस्मणीय योगदान ठहरिने छ।हरूवाहरूलाई चेतना भया !”


 

Nabintech