• १४ बैशाख २०८१, शुक्रबार
प्रहरी र स्थानियविच भएको झडपले रोकिएको रातो मछिन्द्रनाथको रथ आइतबार अपरान्ह ३ बजे तानिदै

जात्रामा स्थानीय सहभागी हुन नपाइने



काठमाडौँ । प्रहरी स्थानियविच झडप भएपछि गत बिहिबार रोकिएको रातो मछिन्द्रनाथको रथ आइतबार पुन तानिने भएको छ।

आइतबार अपरान्ह ३ बजे  कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम गरेर  पुल्चोकमा रहेको रथलाई सोह्रखुट्टे सम्म  तानिने भएकोजात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले जानकारी दिनुभयो।

निश्चित रथ तान्ने व्यक्तिहरु करिव १ सय २० जना मात्रै सहभागि भएर रथ तानिने महर्जनले बताउनुभयो । महर्जजने भन्नुभयो, अवस्था सामान्य हुँदा पाटन शहर पूरै घुमाइन्थ्यो तर यो वर्ष रथ जिर्ण रहेको र कोरोना भाइरस महामारी रहेको हुनाले पुल्चोकको सोह्रखुट्टे पाटीबाट बढीमा ३० मिटर अगाडि लगेर जात्रा बिसर्जन गरिँदैछ।

जात्रालाई बिसर्जन गरेपछि रथलाई बुंगमति लैजाने चलन छ। हामी २६ गतेसम्म बुंगमति पुर्‍याउने योजनामा रहेको बताउनुभयो । जात्रा व्यवस्थापन समितिले स्थानीयहरुलाई यो वर्ष महामारीको कारण जात्रामा सहभागी नहुन अनुरोध गरेको छ। तर बिहीबार एक्कासी मछिन्द्रनाथको रथ तान्न स्थानीय पुगेका थिए।

कोरोना भाइरस महामारीको समयमा मान्छे जम्मा हुन नहुने भन्दै प्रशासनले रोक्न खोज्दा स्थानीय र प्रहरीबिच झडप भएको थियो। यही क्रममा केही स्थानीय, प्रहरी र केही पत्रकार समेत घाइते भएका थिए।

आइतबारको रथ तान्ने कार्यक्रममा स्थानीयहरु सहभागी नगराइने भएको छ। स्थानीयलाई मछिन्द्रनाथको दर्शनको लागि मिडियाबाट लाइभ गरेर हेर्ने व्यवस्था मिलाएका मिलाइएको छ ।

रथ तानिने क्षेत्रको केही चोकमा स्थानीयले भगवानलाई चढाउन ल्याएको फल, प्रसाद ज्यापु समाजका स्वयं सेवकहरुले चढाइदिने व्यस्था रहेको ज्यापु समाजले जनाएको छ।

Nabintech