उद्योगपति तथा सांसद विनोद चौधरी कोरोना मुक्त


काठमाडौँ । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोना मुक्त हुनुभएको छ ।
१० दिन अघि कोरोना पोजेटिभ देखिनुभएका चौधरीले शनिबार कोरोनाबाट मुक्त भएको जानकारी दिनुभएको हो । शनिबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।

चौधरीले एक संदेश जारी गर्दै १० दिनसम्मको एकान्तबासले ठुलो उर्जा र प्रेरणा दिएको बताउदै आफु आज कोरोना मुक्त भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, मैले जीवनमा तपाईहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाई र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफुलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु । यँहाहरुको माया सधै पाइरहु ।

१० दिन अघि चौधरी आफैले आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिनुभएको थियो ।

Nabintech