कांग्रेस सभापति देउवाविरुद्ध सिटौलालाई समेत साथमा लिएर मोर्चाबन्दी बनाउने पौडेल पक्षको घोषणा

निर्णय सच्याउन सभापति देउवालाई पौडेल पक्षको एक हप्ते अल्टिमेटम



काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाले विधान विपरित गरेका विभाग गठनका कामहरु रोक्न एक हत्ताको समय दिएका छन् ।

इतर समूहले पछिल्लो समय देउवाले पार्टीका विभागमा गरेको मनोनयनलगायतका विषयलाई एजेण्डा बनाएर देउवाविरुद्ध प्रचार अभियान तीव्र बनाउनेदेखि अनशन बस्नेसम्मका तयार गरेका हुन्।

शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराल, नेता शेखर कोइरला, महेश आचार्य, अर्जुननरसिंह केसी, गुरुराज घिमिरेलगायतका नेताहरुले भर्चुअल माध्यमबाट बैठक गरेर देउवाका कामकारबाहीविरुद्ध निर्णायक कदम चाल्ने निष्कर्ष निकालेका हुन्।

इतर पक्षले तयार पारेको प्रतिवेदनका आधारमा कृष्ण सिटौलालाई समेत साथमा लिएर मोर्चा बन्दीलाई अघि बढाउने घोषणा वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन्।

भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले एकलौटी ढंगले अघि नबढ्न पटकपटक औपचारिक अनौपचारिक रुपमा ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले अब वार कि पार गर्नुपर्ने अवस्था आएको भनाइ राखेका थिए ।

संस्थापन इतर पक्षले तयार पारेको प्रतिवेदनमा पार्टी समायोजनलाई निर्धारित कार्यतालिका अनुसार अघि बढाउन नसकेको, क्रियाशील सदस्यता वितरण मनलाग्दी ढंगले गरेको, विधानले तोेकेको समय घर्केपछि महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन गरेको, भातृ तथा सुवेक्षक संगठनमा पनि आफू अनुकुल व्यक्तिलाई स्थान दिएको जस्ता विषयलाई प्रमुखताका साथ उठाउने उल्लेख गरिएको अर्नुनरसिंह केसीले बताउनुभयो । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सभापतिलाई औपचारिक रुपमै लिखित निवेदन दिए पनि देउवाले त्यसलाई बेवास्ता गर्दै आउनुभएको छ ।
सभापति देउवाले विरोधका बाबजुद पार्टीका केन्द्रीय विभाग गठन र विस्तार जारी राखेपछि इतर पक्ष असन्तुष्ट बनेको हो । देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग बनाएर करिब ९ सय कार्यकतालाई जिम्मेवारी दिइसक्नुभएको छ ।

पौडेल पक्षको विरोधका बाबजुद देउवाले धमाधम विभागहरुलाई पूर्णता दिन थालेपछि पार्टीभित्रको असन्तुष्टि तीव्र रुपमा बढ्दै गएको छ।

Nabintech