• ५ फाल्गुन २०८२, मंगलवार
प्रतिनिधिसभा विघटनविरूद्ध ९ वटा रिट दर्ता, कार्तिक १२ गते पेसी


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रिट दर्ता भएका छन् ।

बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् । रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । १० वटा रिट पेस भएकामा ९ वटामात्रै दर्ता भएका हुन् ।

गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगित गरिएको थियो ।

मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन पेस भएका हुन् ।

 

Nabintech