• ५ फाल्गुन २०८२, मंगलवार
‘राष्ट्रपतिलाई सार्वजनिक गर’ भन्दै काठमाडौंका विभिन्न स्थानमा नेविसंघको प्रदर्शन


काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौका विभिन्न स्थानमा प्रदर्शनको गरेको छ ।

विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

सोमबार र मंगलबार दुई दिन जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा राजीनामा दिएका थिए ।

मंगलबार प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवासमा आगजनी गरेका थिए ।

सरकारी तथा राजनीतिक दलका नेताहरूको घरमा आगजनी, तोडफोड तथा लुटपाट हुन थालेपछि नेपाली सेनाले तत्काल यस्तो कार्य रोक्न आग्रह गरेको थियो । मंगलबार राति १० बजेदेखि नेपाली सेना परिचालति भएको छ ।

 

Nabintech