• ५ फाल्गुन २०८२, मंगलवार
अवैध लागूऔषध सहित सामाखुशीबाट एक जना पक्राउ


काठमाडौं,बिनोद थापा । काठमाडौंको सामाखुशीबाट अवैध लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाखुशी टाउनप्लानिङ स्थित चेत नारायण श्रेष्ठको तिन तले घरको भुँई तलामा लागु औषध कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबु कार्यालयका प्रहरी निरीक्षक शरण बिक्रम शाह सहित ६ जनाको सादा पोशाकको टोलीले अवैध लागुऔषद सहित एक व्यक्ति प्रकाउ गरिएको  जानकारी दिएको हो ।

प्रकाउ पर्नेमा झापा मेची गरिपालिका वडा नं ९ का ३३ बर्षिय शंकर राजवंशीलाई प्रकाउ गरिएको प्रहरी जनाएको छ ।

राजवंशीले आफ्नो सुत्ने कोठाको बेडमुनी लुकाइरहेको अवस्थामा ११३.७२ ग्राम अवैध लागुऔषध जस्तो देखिने गिलो पदार्थ सहित डिजिटल तराजु १ थान, विभिन्न कम्पनीको मोबाईल ९ थान र नेपाली नगद ८२ हजार ६ सय ३५ रुपैया र भारतिय ६ हजार रुपैया बरामद गरिएको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।

Nabintech