• १८ बैशाख २०८१, मंगलवार
बैजनाथमा भत्कियो एमाले लालकिल्ला,अध्यक्षमा शाही र उपाध्यक्षमा रोकाय निर्वाचित


कोहलपुर । बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अध्यक्ष पदमा कांग्रेसका प्रकाशबहादुर शाही १७९८ मतको अन्तरले विजयी भएका हुन् ।

शाहीले १२ हजार १ सय ८० मत प्राप्त गरे । शाहीका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका घननाथ खनालले १० हजार ३ सय ८२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका दिपेन्द्रबहादुर शाहले ५ हजार २ सय १४ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी निर्मला रोकाय १ हजार ४ सय १९ मतको अन्तरले विजयी भएकी छन् । निर्मलाले १२ हजार १ सय ५२ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी प्रेमपूर्ण योगीले १० हजार ७ सय ३३ मत ल्याईन् ।

यस्तै नेकपा एकिकृत समाजवादीका टंकरनाथ योगीले ४ हजार १० मत प्राप्त गरे । उक्त गाउँपालिकामा यसअघि २०७४ को निर्वाचनमा नेकपा एमालेले जितेको थियो । तर, यसपटक एमालेको किल्ला भत्किएको छ ।

 

 

Nabintech