• १८ बैशाख २०८१, मंगलवार
प्रधानमन्त्री ओलीदेखि कांग्रेस सभापति देउवाले दिए राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमामार्फत घिमिरेको निधनको खबरले आफूलाई दुख लागेको बताउनुभएको हो ।

 

प्रधानमन्त्री ओलीले ‘शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ लेख्नुभएको छ । राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले ‘साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।’ समेत लेख्नुभएको छ ।

१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको मंगलबार कपुरधारस्थित निवासमा निधन भएको थियो ।

यस्तै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको दुख व्यक्त गर्नुभएको छ ।


 

Nabintech