• १८ बैशाख २०८१, मंगलवार
पदको लोभ छैन्, कसैको दवाव र प्रभावमा काम गर्दीन् :सभामुख सापकोटा


काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले आफूले कसैको दबाब र प्रभावमा काम नगरेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख अग्नि सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताउनुभएको छ । आइतबार महासंघको कार्यक्रममा प्रधानमन्त्रीलाई सांकेतिक जवाफ दिदै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग व्यक्तिगत टकराव नभई दृष्टिकोणको विषय भएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्च र सर्वदलीय बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सभामुख सापकोटाले रोकेर असंवैधानिक काम गरेको भन्ने आरोप दोहो¥याइरहेको अवस्थामा सभाखुको यस्तो अभिव्यक्ति आएको हो । आजको कार्यक्रममा प्रधानमन्त्रीको नाम नलिई सभामुख सापकोटाले पनि संसदलाई घेराबन्दी गर्न खोजिएको र सभामुखले आफ्नो पक्षमा भूमिका खेलोस् भन्ने चाहेको घुमाउरो रुपले जवाफ दिनुभएको हो ।

सभामुख सापकोटाले धेरैले आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । तर म कसैको दबावमा काम नगर्ने अडान राख्नुभयो । प्रधानमन्त्रीतर्फ लक्षित गर्दै सभामुख सापकोटा भन्नेले धेरै कुरा भनेपनि आफूले जवाफ नदिएको पनि बताउनुभयो ।

प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन लागिरहेको अवस्थामा धेरै मान्छेलाई संसद्बारे भ्रममा पारिएको सभामुख सापकोटाको भनाइ थियो सभामुख सापकोटाले संविधान रलोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने मामिलामा आफू सधैं दृढ भएर लाग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको २६ औं महाधिवशेनबाट विपुल पोख्रेलको नेतृत्वमा नयाँ टिम निर्वाचित भएको थियो । नवनिर्वाचित पदादिकारी तथा सदस्यलाई आज पदभार हस्तान्तरण गरीएको थियो ।

Nabintech