• १८ बैशाख २०८१, मंगलवार
गणपति लघुवित्तको सभाले पारित गर्यो १५ प्रतिशत लाभांश


 काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । संस्थाको शुक्रबार सम्पन्न सभाले १५ प्रतिशत लाभांश पारित गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरूमाथि छलफल गरी पारित गरेको छ ।

Nabintech