• १८ बैशाख २०८१, मंगलवार
यी तीन कम्पनी ३१ लाख कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड ?


काठमाडौं । सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै दुई लघुवित्त र एक हाइड्रोपावर कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।

मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

मनकामना लघुवित्तले ३ लाख ८९ हजार कित्ता अर्थात ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न माग गरेको छ । उक्त लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न माग गरेको छ । जीवन विकासको शेयर निष्काशन तथा बिक्री प्रबन्धक पनि एनएमबी क्यापिटल रहेको छ ।

यस्तै सयपत्री हाइड्रोपावरले पनि स्थानिय तथा सर्वसाधारणको लागि गरी ९ लाख कित्ता अर्थात ९ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।

Nabintech