• १८ बैशाख २०८१, मंगलवार
बुधबार पनि १० प्रतिशले बढ्यो चन्द्रागिरि हिल्स कम्पनीको शेयर, कति पुग्यो प्रतिशेयरमूल्य ?


काठमाडौं । बुधबार नेप्सेमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज नेप्सेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

आज नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको प्रतिशेयरमूल्य शेयरमूल्य ५५० पुगेको छ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीको प्रतिशेयरमूल्य १० हजार २ सय २२ रुपैयाँ पुगेको हो ।

मंगलबार चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य ५०० रुपैया पुगेको थियो भने आज बुधबार १० प्रतिशतले बढेर प्रतिशेयरमूल्य ५५० रुपैयाँ पुगेको हो ।

त्यस्तै मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन ९ हजार २ सय ९३ रुपैया रहेको शेयरमूल्य बढेर आज १० हजार २ सय २२ रुपैयाँ पुगेको हो ।चन्द्रागिरी हिल्स कम्पनीको शेयर कारोबार बढोत्तरी निरन्तर कायमै रहेको छ ।

Nabintech