• १८ बैशाख २०८१, मंगलवार
शेयरबजारमा फेरि अर्को बैंकिङ क्षेत्रको ठूलो आईपीओ आउँदै


काठमाडौं । निजी क्षेत्रको लगानीमा मुलुकमा पहिलो पटक राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ ।

‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ २ अर्ब रुपैयाँको लगानीमा बैंक स्थापना भएको हो ।

बैंकले कृषिजन्य वस्तुको उत्पादन र बिक्री गर्न सघाउने जनाएको छ । मुलुकका ७७ वटै जिल्ला र सातै प्रदेशहरुमा काम गर्ने ध्येयले स्थापना भएको बैंकले सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्ने जनाएको छ ।

बैंकका अहिले ४ सय ९१ जना प्रमोटर सदस्य रहेका छन् । बैंकले लगानी विस्तार गर्न साधारण शेयर ९आइपीओ० जारी गर्ने बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । आईपीओ निकाल्ने योजना रहेकाले केही समय लाग्ने उनले बताए ।

बैंकले कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभिप्रायले अगाडि आएकाले गुणस्तयुक्त खाद्य सामग्रीलाई भण्डारण गरी बैंकमार्फत् आफ्नै सेल्स डिपोमार्फत् होम डेलिभरीहरू ई–कमर्शमार्फत बिक्री वितरण गर्ने योजना बनाएको छ ।

बैंकले अर्गानिक उत्पादनलाई जोड दिने, कृषिमा आवश्यक ज्ञान, सीप, बिउ, बिजन, मलजलको समूचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्तिमा जोड दिने जनाएको छ ।

बैंकले देशभरका कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको छ ।

Nabintech