• १८ बैशाख २०८१, मंगलवार
प्रतिनिधिसभा विघटनले मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलियो : उपराष्ट्रपति पुन


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा विघटनपछि मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटनले देश राजनीतिक दुर्घटनाउन्मुख भएको बताएका हुन् ।

‘पूर्वप्रधान न्यायाधीहरु, पूर्वन्यायाधीशहरु, संविधानविदहरु, नागरिक समाज, प्राय राजनीतिक पार्टीहरु, पत्रकारहरुले पनि प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिरहनु भएको छ,’ उनले भने, ‘नेपाली जनता समृद्धि, स्थायीत्व, परिवर्तनको साथै संविधानको पालना र संविधानले व्यवस्था गरेको अधिकार उयोग गर्न चाहन्छ । प्रतिनिधि सभा विघटनपछि गहिरिएको राजनीतिक संकटबाट जनतामा निराश र आक्रोश छाएको छ ।’

जनतामा निराश र आक्रोश छाउनु देशको लागि राम्रो संकेत नभएको उनको भनाइ छ । उनले भने, ‘संविधान कार्यान्वयन चरणमा संविधानमाथि प्रहार गरियो । देशलाई भूमरीमा पारियो भनि प्रश्न उठ्नु ज्यादै दुखद् कुरा हो’ ।

यस्तै उपराष्ट्रपति पुनले गणतन्त्रको पक्षमा अभिएको अग्रणी संस्था नेपाल पत्रकार महासंघ सधै संविधानको पक्षमा अडिएको भन्दै धन्यावाद प्रकट पनि गर्नुभयो । पत्रकारका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

Nabintech