• १८ बैशाख २०८१, मंगलवार
रामकुमारी झाँक्री के भनेकी थिइन् राष्ट्रपतिलाई, जुन बोलीले ‘हिरासत’को छिँडीसम्म लग्यो ?


काठमाडौं । राष्ट्रपतिविरुद्ध मर्यादा नाघेर अभिव्यक्ति दिएको भन्दै प्रकाउ परेकी नेकपा नेत्री रामकुमारी झाँक्रीको कुन भनाइले हिरासतसम्मको यात्रामा लग्यो त ?

हेर्नुहोस् उनको भनाइ जस्ताको त्यस्तै

राष्ट्रपतिका कुरा त के गर्ने रु बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, अस्ति निर्वाचन आयोगको प्रतिवेदन सार्वजनिक गर्दाका दिन।।। । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु– निर्वाचनको तयारीका लागि कार्गेट छाडेर, सुख–सुविधा ऐस, आराम शीतलनिवास छोडेर पहिला कोटेश्वर आउनुस् । चाबहिल कि बानेश्वर कता बसाइ छ भन्ने सुनेको थिएँ । होइन भने बालकोटै गए हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईंसँग म पनि अलि भारी हुन्छ होला । यही रेखा लोप्चनलाई चुनाव लडाउँछौँ र हराउँछौँ ।

तपाईंका लागि म पनि भारी हुनसक्छु । त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका, संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्धेदृष्टि लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएको असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन । त्यसकारण नेकपा एमालले २०५० सालमा गरेको भुल थियो, यहाँ अन्यथा नहोस् । तमाम दिदी–बहिनी हुनुहुन्छ । सहिद परिवार हुनुहुन्छ । यहाँहरुलाई भन्न खोजेको होइन । मदन भण्डारीको हत्यापछाडि सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालले, त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी । आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ । धरानमा हामीले चुनाव हार्नुको पछाडिको कारण पनि त्यही हो ।

धरानमा मेयरचाहिँ बिरामी भएर बित्नुभो । मेयरको श्रीमतीलाई टिकट नदिएको भनेर भोट हालेनन् । त्यहाँ कांग्रेसले जित्यो । सेन्टिमेन्टको, इमोसनल ब्लाकमेलको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ । राजनीति विचारधारकै गर्नुपर्दो रहेछ । त्यसकारण जब विचार सिद्धिन्छ । कपाल देखाएर, नाक देखाएर छाला देखाएर, लुगा देखाएर राजनीति गरिन्छ नि, पुग्ने त्यहीँ हो । त्यसबाट आउने चिज पनि त्यही हो । गलत काम गरेकै कारण । नारायणकाजी कमरेडलाई पनि थाहा छ । दोस्रोपटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाऊँ भनेर सचिवालयका सबै नेताहरूको घरमा देउसी खेल्न गएका थियौँ हामी । उहाँहरूले कानमा तेल हाल्नुभो । त्यतिन्जेलसम्म उहाँहरूको विद्या भण्डारीले केही बिगारेको थिइनन् । हाम्रो पनि त केही बिगारेको थिएन । अब थाहा पाउनुभयो । त्यसकारण हामी दुदर्शी थियौँ भन्ने प्रमाणित भयो नि । सबै नेताकोमा गएको हामी । एउटै सेरमोनियल पदमा एउटै मान्छे दोहोर्‍याइ तेहेर्‍याइ किन राख्ने ?

 

Nabintech