• १८ बैशाख २०८१, मंगलवार
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको ९२ हजार २६६ कित्ता शेयर बिक्रीमा


२९ माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार २६६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

बैंकले माघ २९ गते (आज) देखि उक्त संस्थापक शेयर विक्रीका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो । उक्त संस्थापक शेयरका लागि आगमी फागुन ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ ।

कम्पनीको शेयर खरिद गर्न इच्छुक प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरुले के कति दर भाउमा लिन कबुल गर्ने हो तोकिएका शर्त पुरा गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न अनुरोध गरिएको छ । शेयर खरिदका लागि न्यूनतम मूल्य ५८२ रुपैयाँ तोकिएको छ ।

बोलपत्र आवेदन फाराम एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय, एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यलयहरु विराटनगर, मोरङ, आदर्शनगर बीरगञ्ज पर्सा, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाईन धनगढी र विरेन्द्रचोक सुर्खेतमा पाइने छ ।

Nabintech