• १८ बैशाख २०८१, मंगलवार
प्रतिनिधिसभा विघटनविरुद्ध ‘प्रचण्ड’- माधवकुमार नेपाल पक्षका सांसदहरु सर्वोच्च जाँदै


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधवकुमार नेपाल पक्ष  सांसदहरुले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दर्ता गर्ने भएका छन् ।

मंगलबार प्रतिनिधिसभाका बहुमत सांसदहरुले सर्वोच्चमा रिट दयार गर्न लागेका हुन् ।

मंगलबार दिउँसो १२ बजे दलहरुका तर्फबाट गोविन्द बन्दीले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्दैहुनुहुन्छ । बन्दीका अनुसार अहिले रिटको मस्यौदा तयार हुँदैछ ।
सोमबार मात्र सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उक्त निर्णयविरुद्ध एक दर्जन रिट दर्ता भइसकेका छन् ।

Nabintech