• १८ बैशाख २०८१, मंगलवार
प्रचण्डले लगाएका आरोपको छिनोफानो नगरी एकता प्रकृया अगाडि बढ्दैन:उपप्रधानमन्त्री पोखरेल


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले लगाएका ‘मिथ्या आरोप’ को छिनोफानो नगरी एकता प्रकृया अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा नेता पोखरेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गरेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीको भनाइलाई प्रष्टिकरण दिदै, ‘यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ ।’

बुधबार बसेको नेकपा सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावको जवाफमा आफूले पनि अर्को प्रस्ताव पेश गर्ने ओलीले बताउनुभएको थियो । अव, नेकपाको आगामी सचिवालय बैठक मंसिर १३ गते बस्दैछ।

Nabintech